+
Search

ताजा अपडेट +

पपुलर +

रेमिट्यान्सले राख्याे नयाँ रेकर्ड, असोजमा भित्रियो १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ

4KNationalDaily
२०८० कार्तिक २४, शुक्रबार २०:५८ बजे

काठमाडौं– नेपाल राष्ट्र बैंकले गत असोजमा १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको जनाएको छ ।

शुक्रबार विवरण सार्वजनिक गर्दै बैंकले असोज महिनामा १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको जनाएको हो । यो एक महिनाको अवधिमा रेमिट्यान्स भित्रिएको अहिलेसम्मकै उच्च रकम हो ।

नेपाल राष्ट्र बैंकका अनुसार असोज महिनासम्म भित्रिएको रेमिट्यान्स अघिल्लो आवको यसै अवधिको तुलनामा ३० प्रतिशत धेरै हो । अघिल्लो आवको असोजमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले मात्र बढेको थियो ।

चालुआर्थिक वर्ष २०८०/८१ को भदौ २०८० सम्म २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा असोजमा यो रकम बढेर ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily