+
Search

ताजा अपडेट +

पपुलर +

एस्टोनिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा गोरखाका एक व्यक्ति पक्राउ

4KNationalDaily
२०८० कार्तिक २६, आईतवार १०:४२ बजे

गोरखा- एस्टोनिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

एस्टोनिया पठाइदिन्छु भन्दै पाँच जना व्यक्तिबाट ३४ लाख १३ हजार रकम लिई फरार रहेका गोरखा नगरपालिका–६ पँदेली घर भई हाल काठमाण्डौ बस्दै आएका राजेश श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार श्रेष्ठले प्रतिव्यक्ति सातलाख ठगी गरेर सम्पर्कविहिन भएका थिए ।

‘प्रतिव्यक्ति सात लाख लाग्छ । एस्टोनिया पुगेपछि सुपर मार्केटमा स्टोरकिपरको काम लगाइदिन्छु । मासिक एक लाख ५० हजार तलव हुन्छ भनी प्रलोभनमा पारेर रकम लिई सम्पर्कविहिन भएको उजुरी आयो’, रेग्मीले भने, ‘ठगी गरेको भन्दै बैदेशिक रोजगार बिभागबाट हाम्रो कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन भनी पत्र आएपछि हामीले उनलाई पक्राउ गरेका हौँ ।’

वुधवार काठमाडौको नयाँ बानेश्वरबाट श्रेष्ठलाई पक्राउ गरिएको उनले जानकारी दिए । उनलाई कारवाहीका लागी बैदेशिक रोजगार बिभाग पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily