+
Search

ताजा अपडेट +

पपुलर +

सरकारले तोक्यो कफीको न्यूनतम समर्थन मूल्य

4KNationalDaily
२०८० मंसिर १, शुक्रबार १४:३६ बजे

काठमाडौं– सरकारले कफीको न्यूनतम समर्थन मूल्य तोकेको छ। १९औं राष्ट्रिय कफी दिवसको अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले मंसिर १ गतेदेखि लागू हुने गरी मूल्य तोकेको हो।

चालु आर्थिक वर्ष २०८०/०८१ मा कृषकस्तरमा उत्पादित काँचो कफीको न्यूनतम सहमत मूल्य तोकिएको बोर्डले जनाएको छ।

बोर्डले कफीको समर्थन मूल्य प्रतिकिलो न्यूनतम ८० रुपैयाँदेखि अधिकतम ५०० रुपैयाँसम्म तोकेको छ। कृषकबाट उत्पादित पाकेको ताजा चेरी कफीको न्यूनतम समर्थथन मूल्य ‘ए’ ग्रेडको कफीको मूल्य प्रतिकिलो १०० रुपैयाँ तोकेको छ भने ताजा चेरी कफी ‘बी’ ग्रेडको ९० रुपैयाँ तोकेको छ।

यस्तै, चिसो प्रसोधन विधिअन्तर्गत प्रसोधन गरी तयार गरिएको (११ प्रतिशत चिस्यान भएको) पार्चमेन्ट कफी ग्रेड ‘ए’ को मूल्य प्रतिकिलो ५०० रुपैयाँ तोकिएको छ भने ‘बी’ ग्रेडको कफीको मूल्य प्रतिकिलो ४५० रुपैयाँ तोकिएको छ।

यस्तै, चिसो प्रसोधन विधिबाट प्रसोधन नगरी कफी चेरीलाई घाम वा कुनै माध्यमबाट सुकाएर ११ प्रतिशत चिस्यान भएको ड्राइ चेरी कफीको न्यूनतम समर्थन मूल्य ‘ए’ ग्रेडको प्रतिकिलो २०० रुपैयाँ र ‘बी’ ग्रेडको १५० रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily