काठमाडौं– विश्वकप क्रिकेट फाइनल अन्तर्गतको खेलमा भारत जम्मा २४० रनमा समेटिएको छ। टस जितेर फिल्डिङ रोजेको अष्ट्रेलियासँग ५० ओभर पूरा खेल्न क्रममा भारत अलआउट भएको हो।
भारतका लागि सबैभन्दा बढी केएल राहुलले ६६ रन बनाए। उनले १०७ बलमा सामना गर्दै जम्मा एक चौकाको मद्दतले उक्त रन बनाएका हुन्।
विराट कोहलीले ६३ बलमा ४ चौका प्रहार गर्दै ५४ रनको योगदान गरे। कप्तान रोहित शर्माले ४ चौका र ३ छक्काको मद्दतले आक्रामक ४७ रन जोडे पनि अन्य भारतीय ब्याटरले अपेक्षित प्रदर्शन गर्न सकेनन्।
याे पनि,
ओपनर शुभमन गिल जम्मा च रनमा आउट भए भने श्रेयस अय्यरले पनि जम्मा ४ रन बनाए। रवीन्द्र जडेजा ९ रन, सूर्यकुमार यादव २८ बलमा १८ रन बनाएर आउट भए।
मोहम्मद सिराजले ९ र कुलदिप यादवले १० रनको योगदान गरेका हुन्। अष्ट्रेलियाका लागि मिचेल स्टार्क तीन विकेट लिँदै भारतलाई धराशयी बनाए। यसैगरी प्याट कमिन्स २,जोश हेजलवुड २, ग्लेन म्याक्सवेल र एडम जाम्पाले एक-एक विकेट लिए।
प्रतिक्रिया