+
Search

ताजा अपडेट +

पपुलर +

फेरि ८ सयले बढ्यो सुनको मूल्य, कतिमा हुदैंछ काराेबार !

4KNationalDaily
२०८० मंसिर १८, सोमबार १२:१७ बजे

काठमाडौं– दिनदिनै नयाँ रेकर्ड बनाएको सुनको मूल्यले प्रतितोला १ लाख २१ हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले सुन महँगिएको हो ।

आइतबार प्रतितोला १ लाख २० हजार ८ सयमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ ।

सोमबार कारोबार भइरहँदा (११ बजे) सुनको मूल्य प्रतिऔंस २०८६ अमेरिकी डलर कायम भएको छ । नेपाली बजारमा चाँदीको मूल्य भने प्रतितोला १५४५ रुपैयाँमा स्थिर छ ।

सोमबार बजारमा चाँदी प्रतितोला एक हजार ५ सय ४५ रुपैयाँमा स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily