+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले दिए राजीनामा

4KNationalDaily
२०८० मंसिर २६, मंगलवार १६:५९ बजे

काठमाडौं- नेपाल आयल निगमका कार्याकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् । मंगलबार उनले राजीनामा पत्र बुझाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बताए ।

‘उहाँले भर्खरै राजीनामा बुझाएर जानुभएको छ,’ मन्त्री रिजालले भने, ‘भोलि बुधबार २७ मंसिरबाट लागू हुनेगरी कार्यकारी निर्देशक थानीले राजीनामा बुझाउनुभएको छ ।’ राजीनामाका कारणबारे भने मन्त्री रिजालले केही खुलाएनन् ।

सरकारले २०७८ फागुन २६ गतेको निगमको कार्यकारी निर्देशकमा थानीलाई तीन वर्षका लागि नियुक्त गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यकारी छनोट समितिले गोरखाका चण्डिकाप्रसाद भट्ट, तेह्रथुमका जीवनप्रकाश सिटौला र सुर्खेतका थानीको नाम कार्यकारी नियुक्तिका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।

सिफारिसमा परेका तीन जनामध्ये तत्कालीन शेरबहादुर देउवा मन्त्रिपरिषद्ले थानीलाई निगमको जिम्मेवारी सुम्पिएको थियो । थानीले निगममा एक वर्ष नौ महिना काम गरे ।

निगमको स्थापना २०२७ सालमा भएको हो। संस्थापक महाप्रबन्धकदेखि थानीसम्म आइपुग्दा उनी ३३ औं कार्यकारी निर्देशक हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily