गोरखा- गोरखा अस्पताल, गोरखाको निमित्त मेडिकल सुपरिन्टेन्डेन्टमा गोरखाका डा. सिद्धार्थ खनाल नियुक्त भएका छन् ।
गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले आइतबार खनाललाई अस्पतालको निमित्त मेडिकल सुपरीटेण्डेण्टको जिम्मेवारी तोकेको हो ।
उनी प्रदेश लोक सेवा आयोगबाट सिफारिस भएका कन्सल्टेन्ट अर्थोपेडिक सर्जन नवौँ तहका डाक्टर हुन् । यसअघिका डा. हरिकुमार श्रेष्ठ विवादका कारण स्वास्थ्य मन्त्रालयमा काज फिर्ता भएपछि रिक्त रहेको निमित्त मेडिकल सुपरिन्टेन्डेन्टकाे जिम्मेवारी खनालले पाएका हुन् ।
अस्पतालमा माथिल्लो तहको कर्मचारी उपस्थित हुँदासम्मको लागि र स्थायी कर्मचारी हाजिर भएमा स्वतः जिम्मेवारी परिवर्तन गर्ने गरी कार्यालयको दैनिक प्रशासनिक एवं आर्थिक क्रियाकलाप समेत सञ्चालन गर्ने गरी खनाललाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया