+
Search

ताजा अपडेट +

पपुलर +

माओवादी पदाधिकारी बैठकः राष्ट्रियसभा उम्मेदवार र सिट माथी छलफल हुने

4KNationalDaily
२०८० पुष ५, बिहीबार १०:३६ बजे

काठमाडौं– नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ ।

गत बुधबार नै बस्ने भनिएको सो बैठक त्यतिबेलाच नेताहरुको कार्यव्यस्थताको कारण स्थगित भएको थियो, जुन बैठक आजका लागि बोलाईएको हो ।

पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठक आज बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बस्ने गरी निम्तो दिईएको छ ।

गत मङ्गलवार बालुवाटारमा नै बसेको बैठकमा अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी, चार महिने अभियानको समीक्षा, , सरकारको एक वर्षे कार्यकालको समीक्षा, पार्टी एकता, विधान सम्मेलन लगायत एजेन्डा छलफलका लागि प्रस्तुत गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily