+
Search

ताजा अपडेट +

पपुलर +

आचार्यसहित ३ जनालाई ‘बन्दीपुर केवलकार पर्यटन एवं उद्यमशील पत्रकारिता पुरस्कार’

4KNationalDaily
२०८० पुष २६, बिहीबार ०९:१३ बजे

तनहुँ- बन्दिपुर केबलकार एन्ड टुरिजम लिमिटेडले स्थापना गरेको ‘बन्दीपुर केवलकार पर्यटन एवं उद्यमशील पत्रकारिता’ पुरस्कारबाट यस वर्ष तीन जना पत्रकारले पुरस्कृत हुने भएका छन्।

उद्यमशीलताको विकासको लागि कलम चलाएर योगदान पुर्‍याए बापत तीन जना पत्रकारलाई यस विधाको पुरस्कार प्रदान गर्ने निर्णय भएको पुरस्कार मूल्याङ्कन तथा सिफारिस समितिका प्रमुख तारानाथ उपाध्यायले जानकारी दिए।

केवलकारसहित बन्दीपुर क्षेत्रको उद्यम र पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोग गरेबापत तनहुँबाट दमौली एक्सप्रेस साप्ताहिक तथा ईबाराही डट कमकी सह-सम्पादक सुनिता आचार्य, सेतोपाटीका पत्रकार सविना कार्की र पर्वतका नेपाल समाचारपत्रकर्मी पत्रकार दुर्गा शर्मालाई पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिने उपाध्यायले बताए ।

उनीहरूलाई बन्दिपुर केबलकार एन्ड टुरिजम लिमिटेडको पुस २८ गते हुने वार्षिक साधारण सभाको अवसरमा जनही ५०/५० हजार रुपैयाँ राशिको पुरस्कारले सम्मानित गरिने बताइएको छ ।

तनहुँको बन्दीपुरमा निर्माणाधीन बृहत् पर्यटन पुर्वधारयुक्त परियोजनाले समाजमा उद्यमशीलता जागरणको लागि यस प्रकारको पुरस्कार मार्फत सोही विधामा कलम चलाउन पत्रकारहरूलाई नियमित प्रोत्साहन गरिरहेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए ।

३ अर्ब ५८ करोड लगानी रहेको यस परियोजना आगामी नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

परियोजनाले पत्रकारहरूको लागि विशेष सहुलियत कार्ड समेत दिने घोषणा गरिसकेको छ । साथै, परियोजना नेपालको उद्यम अभियानमा कोशेढुंगा साबित हुने कम्पनीले दाबी गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily