+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्रीको दाबी- खेल क्षेत्रको इतिहासमै धेरै प्रगति हुँदैछ, तीन क्रिकेट रंगशाला द्रूत गतिमा बन्दैछ

4KNationalDaily
२०८० पुष २७, शुक्रबार १३:४७ बजे

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले खेलाडीहरूको वृत्ति विकास र प्रोत्साहनलाई केन्द्रमा राखेर काम गर्दै आएको बताएका छन् ।

नेपाल वादोरियो कराते डो संघद्वारा आयोजित खुला कराते प्रतियोगिताको उद्घाटन गर्दै उनले भने, ‘मेरो तेस्रो कार्यकालमा खेलाडीहरूको वृत्ति विकास र प्रोत्साहनलाई केन्द्रमा राखेर काम गर्दै आएको छु । देशभित्र र बाहिर विभिन्न प्रतियोगितामा विजय प्राप्त गर्ने खेलाडीहरूलाई सरकारको तर्फबाट पटकपटक पुरस्कृत र सम्मानित गर्दै आएका छौँ ।’

उनले आफ्नै पहलमा मूलपानी मैदान (तल्लो), मोरङको बैजनाथपुरमा निर्माणाधीन गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र चितवनको भरतपुरमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवका आयोजनामा समावेश गरेको बताए ।

प्रचण्डले भने, ‘अब ती रंगशालाहरूको निर्माण कार्य द्रूत गतिमा अगाडि बढ्नेछ । नेपाली खेलकुदको इतिहासमा यति छोटो अवधिमा खेल क्षेत्रमा भएको प्रगति सम्भवतः इतिहासमै पहिलो हो ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily