+
Search

ताजा अपडेट +

पपुलर +

भालुवाङ बस दुर्घटना : काठमाडौँका ५ जनासहित यी हुन् २२ घाइते (सूची)

4KNationalDaily
२०८० पुष २८, शनिबार १०:५५ बजे

काठमाडौं- बाँकेको नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको बस दाङको भालुवाङनिर राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।

तीमध्ये मृतक ८ जनाको सनाखत भएको छ भने घाइते सबैको परिचय खुलेको छ। मृतकमा १ (ताराकान्त पाण्डे) र घाइतेमा ५ जना काठमाडाैँका छन्।

इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक उज्वलबहादुर सिंहका अनुसार नमस्ते यातायातको भे१ख ३९१२ नम्बरको बस गए राति १०:३० बजे राप्ती नदीमा खसेको हो।

प्रहरीले बसका चालक सल्यान घर भएका २८ वर्षीय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिएको छ।

हेर्नुहोस् घाइतेको सूची-

१. काठमाडौँ कालीमाटी बसे वर्ष ३८ की मन्जु शर्मा आँखामा चोट, खुट्टा भाँचिएको (बुटवल रिफर)

२. बाँके बस्ने वर्ष २० निरन्जन कोरी, बाँया हात, खुट्टा र मुखमा चोट लागेको (प्रस्तावित अस्पताल भालुवाङ)

३. बाँके नेपालगन्ज बस्ने वर्ष २४ को आशुतोष गौतम, सकुशल गाडीबाट हाम फालेको (नेपालगन्ज) पठाइएको।

४. काठमाडौँ बस्ने सञ्जु वस्वान आँखा र टाउकोमा चोट (बुटवल रिफर)

५. जिल्ला बाँके बस्ने वर्ष २० का अरवाज नाउ, ढाडमा र हातमा चोट (प्रस्तावित अस्पताल भालुवाङ)

६. बाँके नेपालगन्ज बस्ने वर्ष २५ का मोहम्मद जावेद, टाउकोमा चोट (नेपालगन्ज रिफर)

७. कालिकोट बस्ने वर्ष ४५ का तिलकप्रसाद उपाध्याय, हात, खुट्टा र मुखमा चोत (बुटवल रिफर)

८. बाँके कोहलपुर बस्ने वर्ष २१ का धनबहादुर पुन मगर, कम्मर र खुट्टामा चोट (नेपालगन्ज रिफर)

९. भारत बस्ने वर्ष २० की छोटी सिलौरा, छातीमा चोट (नेपालगन्ज रिफर)

१०. बर्दिया बस्ने वर्ष २२ का राजीव थारु, छातीमा र मुखमा चोट (प्रस्तावित अस्पताल भालुवाङ)

११. जुम्ला बस्ने वर्ष १९ का विशाल बोहरा, मुखमा सामान्य चोट (प्रस्तावित अस्पताल भालुवाङ)

१२. बाँके बस्ने वर्ष १९ का नफिच खान, निधारमा चोट (प्रस्तावित अस्पताल भालुवाङ)

१३. बाँके बस्ने दशरथ विक, आँखामा चोट (प्रस्तावित अस्पताल भालुवाङ)

१४. डोल्पा बस्ने वर्ष ३५ की धनकली बुढा मगर, मुखमा चोट (नेपालगन्ज रिफर)

१५. काठमाडौँ बस्ने वर्ष ११ की आध्या पाण्डे, मुख, खुट्टा र हातमा चोट (बुटवल रिफर)

१६. बाँके राप्ती सोनारी गापा २ बस्ने वर्ष ३१ का कुलबहादुर गोसाईं, ढाडमा चोट (नेपालगन्ज रिफर) गाडीको
कन्डक्टर

१७. काठमाडौँ बस्ने वर्ष ४५ का सुभाष शाक्य, ढाडमा चोट (बुटवल रिफर)

१८. बाँके नेपालगन्ज बस्ने वर्ष ३५ की जिला वली, खुट्टामा चोट (नेपालगन्ज रिफर)

१९. बाँके बस्ने वर्ष २१ का शंकर थारु, हातमा चोट लागेको (नेपालगन्ज रिफर) सहचालक

२०. भारत बस्ने वर्ष २३ का राहुल कुमार अहिर, बायाँ हात भाँचिएको (नेपालगन्ज रिफर)

२१. रौतहट बस्ने वर्ष २६ का सञ्जय कार्की आँखामा चोट (बुटवल रिफर)

२२. काठमाडौँ बस्ने वर्ष ४५ की राधा पाण्डे, छाती र घाँटीमा चोट लागेको (बुटवल रिफर)

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily