+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल बैंक लिमिटेडको ६४औँ वार्षिक साधारण सभा सम्पन्न

4KNationalDaily
२०८० माघ १, सोमबार १२:०० बजे

काठमाडौं– नेपाल बैंक लिमिटेडले आफ्नो ६४औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

आइतबारका नेपाल बैंक लिमिटेडले प्रधान कार्यालय धर्मपथमा सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीको अध्यक्षतामा ६४औँ वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७९/८० को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित गर्दै साधारण सभा सम्पन्न गरेको हो ।

त्यस्तै, सभाले महालेखापरीक्षकको कार्यालयबाट प्राप्त परामर्श बमोजिम आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण गर्न तीन जना चाटर्ड एकाउन्टेन्टहरू प्रदीप कुमार श्रेष्ठ, मधुविर पाण्डे र सृष्टि कोइरालालाई लेखा परीक्षक नियुक्ति गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily