पोखरा– गरिमा विकास बैंक लिमिटेडको साधारण सभाले सेयरधनीहरुलाई ९.५० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ।
पोखरामा सम्पन्न १७औँ वार्षिक साधारण सभाले कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश गरी जम्मा १०% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
साधारण सभाले बैंकको अधिकृत पुँजी वृद्धि गरी ५ अर्ब ७० करोड बनाउने, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रस्तावहरु समेत पारित गरेको छ।
हाल ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको साधारण सभाबाट पारित ९.५० प्रतिशत बोनस सेयर वितरणपश्चात चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैयाँ पुगेको छ।
साधारण सभाका लागि गत पुस १७ गतेदेखि सेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा पुस १६ गतेसम्म कायम बैंकका सेयरधनीहरुले साधारण सभाबाट पारित बोनस सेयर प्राप्त गर्नेछन्।
प्रतिक्रिया