+
Search

ताजा अपडेट +

पपुलर +

कुमारी बैंकको खुद मुनाफा १४.३१ प्रतिशत घट्यो, प्रति सेयर आम्दानी कति?

4KNationalDaily
२०८० माघ ९, मंगलवार ०९:५१ बजे

काठमाडौं– कुमारी बैंकले चालु आर्थिक वर्ष ६ महिनामा ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.३१ प्रतिशत कम हो। बैंकले गत आर्थिक वर्ष पहिलो ६ महिनामा १ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

आइतबार सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेको छ। खुद ब्याज आम्दानी ३५.०१ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी १३१.४४ प्रतिशतले बढेको हो। यस्तै, सञ्चालन आम्दानी ४५.२७ प्रतिशत बढेको छ।

तर इम्पेयरमेन्ट चार्जमा वृद्धिले खुद नाफा घट्न पुगेको हो। इम्पेयरमेन्ट चार्ज १ अर्ब ४३ करोडबाट बढेर २ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ।

बैंकको निष्क्रिय कर्जा ३.१५ प्रतिशतबाट बढेर ४.९७ प्रतिशत पुगेको छ। जसका कारण बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ७७ करोड रुपैयाँ ऋणात्मक छ। पोहोर पुसमा वितरणयोग्य मुनाफा २२ करोड ४४ लाख रुपैयाँ थियो।

प्रति सेयर आम्दानी ६. ६१ रुपैयाँमा झरेको बैंकको प्रति सेयर नेटवर्थ १३६.८२ रुपैयाँ छ। पोहोर पुसमा बै्कको प्रति सेयर आम्दानी ७.७२ रुपैयाँ थियो। २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ६५ करोड ६३ लाख रुपैयाँ छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily