+
Search

ताजा अपडेट +

पपुलर +

प्राइम बैंकको खुद नाफा ३२.१३ प्रतिशतले बढ्यो, प्रति सेयर आम्दानी २२.५० रुपैयाँ

4KNationalDaily
२०८० माघ ९, मंगलवार ०९:५३ बजे

काठमाडौं– प्राइम कमर्सियल बैंकको खुद नाफा ३२.१३ प्रतिशतले बढेको छ। बैंकको खुद नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म पोहोरको सोही अवधिको तुलनामा ३२.१३ प्रतिशतले बढेको हो।

आइतबार सार्वजनिक वित्तीय विवरण अनुसार ६ महिनामा बैंकले २ अर्ब १८ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्ष सोही अवधिमा बैंकले १ अर्ब ६५ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानीमा ९.५४ र खुद फि तथा कमिसन आम्दानीमा ४३.६३ प्रतिशत वृद्धि तथा इम्पेयरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो। बैंकको इम्पेयरमेन्ट चार्ज ५८ करोड ३१ लाख रुपैयाँबाट २८ करोड ११ लाख रुपैयाँमा झरेको छ। बैंकको सञ्चालन मुनाफा ३२ प्रतिशतले बढेको छ।

नाफासँगै बैंकको प्रति सेयर आम्दानी ५.४७ रुपैयाँ बढेर २२.५० रुपैयाँ पुगेको छ। बैंकको प्रति सेयर नेटवर्थ १५१.२२ रुपैयाँ छ।

बैंकको वितरणयोग्य मुनाफा भने ६ करोड ४१ लाख रुपैयाँ मात्रै हो। बैंकको खराब कर्जा बढेको छ। पोहोर पुसमा बैंकको खराब कर्जा २.८१ प्रतिशत रहेकामा अहिले ४.०७ प्रतिशत पुगेको छ।

१९ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ९३ करोड ७२ लाख रुपैयाँ छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily