काठमाडौं– हिमालयन बैंकले चालु आर्थिक वर्षको छ महिनामा १ अर्ब ५० करोड ३९ लाख रुपियाँ खुद नाफा कमाएको छ ।
बैंकले गत आवको समीक्षा अवधि भन्दा ५७.५३ प्रतिशतले नाफा बढाएको हो ।
गतवर्ष ९५ करोड ४७ लाख रुपियाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी बढेर ५ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा पनि १ अर्ब ३८ करोडबाट बढेर २ अर्ब २१ करोड पुगेको छ ।
बैंकको खराब कर्जा बढेर ४.९५ प्रतिशतमा पुगेको छ । प्रतिसेयर आम्दानी १३.८९ रुपैयाँ प्रतिशेयर नेटवर्थ १६२.१७ रुपियाँ छ ।
बैंकको हाल कायम चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपियाँ र जगेडा कोषमा १७ अर्ब ९८ करोड रहेको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणमा उल्लेख छ ।
प्रतिक्रिया