+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रिय वाणिज्य बैंकले मनायो ५९औं वार्षिकोत्सव

4KNationalDaily
२०८० माघ १०, बुधबार २०:३५ बजे

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५९औँ वार्षिकोत्सव मनाएको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा बुधबार एक समारोहकाबीच बैंकको वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो।

अर्थमन्त्री महतले गतवर्ष भन्दा यो वर्ष अर्थतन्त्र राम्रो भैसकेको बताउँदै सिमित साधन स्रोतबाट बढी भन्दा बढी प्रतिफल प्राप्त गर्ने दिशामा लाग्नुपर्ने आवश्यकता रहेको बताए।

अहिले राष्ट्रिय वाणिज्य बैंक राम्रो अवस्थामा रहेको बताउँदै बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक विकासमा थप योगदान गर्नुुपर्ने उनले बताए। उनले सरकारले बैंकको सुधारका लागि उदार भएर कार्य गर्ने गरेको समेत बताए।

मन्त्री महतले बैंकको थापाथली शाखाको नवनिर्मित भवनको उद्घाटन गरे। उनले कार्यक्रममा बैंकको ५९ औं वार्षिककोसवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क स्मारिका उपहार–२०८० विमोचन पजि गरे।

कार्यक्रममा पूर्वकर्मचारी सम्मान कार्यक्रम, उत्कृष्ट शाखा कार्यालय, सर्वोत्कृष्ट/उत्कृष्ट बैंक सेवा पुरस्कार घोषणा गरिएको थियो।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधार हुँदै गएको बताउँदै अर्थतन्त्रमा राष्ट्रिय वाणिज्य बैंकको महत्वपूर्ण योगदान हुने गरेको बताए। नेपाल राष्ट्र बैंकले लिने नीति समग्र अर्थतन्त्रको विकासको लागि हुने र राष्ट्र बैंकले ल्याउने नीति अग्रणी रुपमा बैंकले कार्यन्वयन गर्ने गरेको बताए।

बैंक सञ्चालक समितिका अध्यक्ष दिलीप कुमार ढुङ्गानाले बैंकिङ क्षेत्रमा बढ्दै गएको प्रतिस्पर्धात्मक वातावरण तथा तीव्र रूपमा ग्राहकका आकाङ्क्षाहरू परिवर्तन भइरहेको सन्दर्भमा यस बैंकले ठूला उद्यमी तथा साना व्यवसायीदेखि सबै प्रकारका ग्राहकका आकाङ्क्षालाई सम्बोधन गर्ने गरी बैंकिङ सेवा सुविधाहरूमा गुणस्तरीयता अभिवृद्धि गर्दै अझ बढी विश्वसनीय, सुरक्षित, प्रविधियुक्त तथा ग्राहकमैत्री बनाउन प्राथमिकताका साथ कार्य गरिरहेको बताए।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराउँँदै बैंकले आफ्ना सम्पूर्ण श्रोतहरूको उच्चतम उपयोग गरी बैंकको समग्र उत्पादकत्वमा वृद्धि गर्न आवश्यक कदमहरू चालेको बताए।

०८० पुस मसान्तसम्म बैंकले ३ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको बैंकले जानकारी दिएको छ।

०२२ साल माघ १० गते स्थापना भएको यो बैंकसँग कारोबार गर्ने कुल ग्राहकको संख्या करिब ४१ लाख पुगेको छ भने भौगोलिक उपस्थितिको हिसाबले ७ वटै प्रदेशका ७७ वटै जिल्ला र सबै जिल्ला सदरमूकाममा समेत गरी जम्मा २८६ शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन्।

डिजिटल बैंकिङ्ग क्षेत्रमा समेत बैंकले उल्लेखनीय फड्को मारेको छ ।

५९औं वार्षिकोत्सवको अवसरमा गत माघ ५ गते आयोजना गरिएको रक्तदान कार्यक्रममा देशैभरिबाट ४७७ जना रक्तदाताहरुले रक्तदान गरेका थिए।

काठमाडौं तथा सातै प्रादेशिक कार्यालयहरुले वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रम गरिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily