+
Search

ताजा अपडेट +

पपुलर +

सानिमा रिलायन्स लाइफ इन्स्याेरेन्सको आज साधारण सभा, सेयरधनीको लागि छैन लाभांश

4KNationalDaily
२०८० माघ ११, बिहीबार ०९:३४ बजे

काठमाडौं– सानिमा रिलायन्स लाइफ इन्स्याेरेन्सको आज बिहिान ११ बजे साधारण सभा बस्दैछ ।

सभा, आम्रपाली ब्यांकेट, नक्सालमा बस्दैछ । सभामा कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव नरहेको जनाएको छ जसकारण सेयरधनीहरुको हात भने खाली रहने छ ।

सभामा २०७८/७९ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल हुनेछ । त्यस्तै, सभाले सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहको तर्फबटा प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचन गर्नेछ ।

सभा प्रयोजनका लागि यसले पुस २६ गते एक दिन बुक क्लोज गरिसकेको छ । यसर्थ, पुस २५ गतेसम्म कायम रहेका सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily