+
Search

ताजा अपडेट +

पपुलर +

सातदोबाटो र भैंसेपाटीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा

4KNationalDaily
२०८० माघ १२, शुक्रबार ०९:४५ बजे

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ललितपुरको सातदोबाटो र भैंसेपाटीमा बिहीबारदेखि नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।

बैंकले ललितपुर महानगरपालिका–१५ मा सातदोबाटो शाखा र ललितपुर महानगरपालिका–२५ मा भैंसेपाटी शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखाहरुबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले नयाँ शाखाहरुको उद्घाटन गरेका थिए ।

कार्यक्रममा सीईओ पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकहरुलाई गुणस्तरीय बैंकिङ सेवा तथा सुविधाहरु प्राप्त हुने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily