+
Search

ताजा अपडेट +

पपुलर +

संघीयता महंगो हैन, बेथिति र बदमासीको ठूलो समस्या छः मन्त्री शर्मा

4KNationalDaily
२०८० माघ १२, शुक्रबार १५:३५ बजे

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा संघीयता महंगो नभई बेथिति र बदमासी ठूलो समस्याका रूपमा रहेको बताएकी छन्।

संघीयतालाई प्रभावकारी बनाउन संसद्को हिउँदे अधिवेशनबाट थप कानुन बनाउने प्रतिबद्धता पनि मन्त्री शर्माले जनाइन्।

सेन्टर फर इनोभेटिभ गभर्नेन्स प्राक्टिसेज आयोजना गरेको स्थानीय सरकारका प्रवक्ताहरूको तीन दिने प्रशिक्षण कार्यक्रम समापनमा मन्त्री शर्माले कानुन निर्माणको ढिलाइले स्थानीय सरकार अलमलमा परेको बताइन्।

कानुन अभावमा विगतमा बेथिति देखिए पनि कानुन निर्माणसँगै क्रमशः कार्यसम्पादन प्रभावकारी भएको बताइन्।

संघीयता जनताको आधारभूत सरकार भएकाले प्रभावकारी कार्य सम्पादनले सङ्घीयतालाई बलियो बनाउने बताइन्।

‘कतिपयले संघीयता महंगो भयो, स्थानीय तहलाई धेरै अधिकार दिइयो भनेर टिप्पणी पनि गर्ने गरेका छन्,’ मन्त्री शर्माले भनिन्, ‘धेरै टाढा नजाऔं, भर्खरै पश्चिम नेपालमा गएको भूकम्पपछिको उद्धारको अवस्था हेरौं, स्थानीय सरकार नभइदिएको भए आधा घण्टामै उद्धार सुरु हुन सक्दैनथ्यो।’

एउटै घटनाले संघीयताको आवश्यकता पुष्टि भएको उनले बताइन्। तीन दिनसम्म चलेको प्रशिक्षणमा ३२ पालिकाका प्रवक्ताको सहभागिता थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily