+
Search

ताजा अपडेट +

पपुलर +

‘सुपर त्रिशूली हाइड्रो पावर’का कारण र्‍याफ्टिङ व्यवसाय धरापमा

4KNationalDaily
२०८० माघ १७, बुधबार १०:०२ बजे

कुरिनटार– हिमालयन रिभर गाइड एसोसिएसन नेपाल (हर्गान) र नेपाल  राफ्टिङ एसोसिएसन अफ एजेन्सी (नारा) ले  सुपर त्रिशूली हाइड्रो पावर निर्माण रोक्न माग गरेका  छन् ।

उनीहरूले इच्छाकामना गाउँपालिका र गोरखाको गण्डकी गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

गोरखाको गण्डकी गाउँपालिका-१,  बुटारमा निर्माण भइरहेको उक्त हाइड्रो पावर आयोजनाका कारण राफ्टिङ व्यवसायीहरू  सङ्कटमा परेको भन्दै स्थानीय  सकारलाई हाइड्रो पावर  निर्माण कार्य रोक्नका लागि पहल गरिदिन आग्रह गर्दै  ध्यानाकर्षण पत्र बुझाएका छन् ।

नेपालमा पहिलो पटक राफ्टिङ कायकिङको सुरुवात भई साहसिक पर्यटकीय खेलको अभिन्न अङ्ग बनाउन सफल त्रिशूली नदीले गर्दा  रोजगारको सिर्जनाका साथै विश्वमा उच्च सान बनाएको अवस्थामा हाइड्रो पावर निर्माणले  हजारौँ श्रमिक र  हुनीहरूमा आश्रित परिवारमा प्रत्यक्ष असर पुग्ने उनीहरूको भनाई छ ।

नेपालमा जलविद्युत् निर्माणका लागि सम्भाव्य अन्य नदीनाला भए पनि जलयात्राका लागि पर्यटकको पहिलो रोजाइमा रहेको त्रिशूली नदीको यस क्षेत्रमा हाइड्रोपवार निर्माण गर्दा हजारौँको रोजगारी गुम्ने र आगामी दिनमा समेत गुम्र्दै जाने व्यवसायीहरू बताउँछन्।

नारा, एचआरजीएन,नेपाल रिभर कन्जरभेसन ट्रष्ट, नेपाल राफ्ट एण्ड कएक क्लब फिस्लिङले समेत त्रिशूलीमा बने हाइड्रोपावरको विरोध गरिरहेका छन्।

ब्लु इनर्जी प्रालीले निर्माण गर्न लागेको उक्त आयोजनाले ७ वर्ष अघि सर्वेक्षण अनुमति पाएको थियो। अक्टोबर २०१८ देखि निर्माण सुरु हुने आयोजना सेप्टेम्बर २०२२ सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ।

आयोजनामा विश्व बैंक ग्रुपको संस्था ईन्टरनेश्नल फाईनान्स कर्पोरेशन (आईएफसी) ले १० अर्ब रुपैयाँ लगानी गर्ने मोटामोटी सम्झौता भएको छ।

सुपर त्रिशुली जलविद्युत आयोजना, सुरुङमार्ग निर्माण नगरी ड्यामको पानीलाई टर्वाईनमा खसाएर विद्युत उत्पादन गर्ने ‘ड्याम टोई’ मोडलको नदी प्रवाहामा आधारित जलविद्युत आयोजना हो।

चितवनको चुम्लिङटार र गोरखाको बुटार आयोजनास्थल हुन्। आयोजनाको ड्यामबाट ४५ मिटरको दुरीमा पावर हाउस रहनेछ। १४.५ मिटर उचाईबाट पानी खसाएर १०० मेगावाट विद्युत उत्पादन गरिनेछ। यो मोडेलबाट विद्युत उत्पादन गर्न अग्लो भिरमा सुरुङमार्गबाटै पानी खसाल्नुपर्छ भन्ने मान्यताको अन्त्य हुनेछ।

१५ मिटर अग्लो ड्याम बनाएर ५०/६० मेगावाट विद्युत उत्पादन गर्न सके उक्त आयोजना भन्दा तल दुई चार वटा थप विद्युत आयोजना बनाउन सकिने रेग्मीको दावी छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily