+
Search

ताजा अपडेट +

पपुलर +

आयल निगमले बढायो ग्याससहित पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति बढ्यो?

4KNationalDaily
२०८० माघ १७, बुधबार २०:५८ बजे

काठमाडौं- नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ।

इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्यसूची अनुसार समायोजन गरिएको निगमले जनाएको छ। बुधबार रातीदेखि लागू हुनेगरी निगमले मूल्य समायोजन गरेको हो।

समायोजित मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ मूल्य बयाइएको छ। यस्तै, डिजेल र मट्टितेलमा साविक मूल्यमा दुई रुपैयाँले भाउ बढाइएको छ।

एलपी ग्यासमा प्रतिसिलिन्डर १५ रुपैयाँले मूल्य बढाइएको छ।

नयाँ मूल्य अनुसार पेट्रोल अब पहिलो वर्गमा १६७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६९ रुपैयाँ र तेस्रोमा १७० रुपैयाँ कायम हुनेछ।
यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा, दोस्रोमा १५७ रुपैयाँ र तेस्रोमा १५८ रुपैयाँ कायम हुनेछ।

ग्यास प्रतिसिलिन्डर अब एक हजार ९१० रुपैयाँ कायम हुनेछ। यसअघि एक हजार ८९५ रुपैयाँमा कारोबार हुने गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily