काठमाडौं– उद्योगी व्यवसायीहरुले उद्यमी अरुण चौधरीलाई दोषी जसरी पक्राउ गरिँदा आफूहरु ‘सक्ड’ भएको भन्दै आपत्ति जनाएका छन् । यस किसिमको पक्राउले उद्योगी व्यवसायीहरुको मानमर्दन हुने उनीहरुको जिकिर छ ।
उद्योगी चौधरीलाई पक्राउ गरिएको विरोधमा निजी क्षेत्रले बिहीबार राजधानीमा पत्रकार सम्मेलनसमेत गरेकाे छ । पत्रकार सम्मेलनमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उद्योगीलाई धरपकड गर्नु राम्रो नभएको बताए ।
उनले भने, ‘लगानी सम्मेलनको तयारी भएको बेला अरुण चौधरी पक्राउ गर्नु राम्रो भएन । उनी भाग्ने मान्छे होइनन् । तर, दोषी नै भए जसरी पक्राउ गर्नुपर्ने थिएन ।’
देशको पूँजी निर्माणमा ७७ प्रतिशत योगदान निजी क्षेत्रको रहेको उनको दाबी छ । इप्पानका अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रलाई सरकारले पेल्दै ल्याएको बताए ।
निजी क्षेत्रको विकास नभई देश विकास नहुने उनको भनाइ थियो ।
नाडाका उपाध्यक्ष निराकर श्रेष्ठले चौधरी पकाउ परेको सुन्दा आफू सक्ड भएको बताए ।
सरकारले यसरी निजी क्षेत्रलाई तर्साउन नहुनेमा उनले जोड दिए ।
प्रतिक्रिया