+
Search

ताजा अपडेट +

पपुलर +

आज माघ २० गते शनिबार, थाहा पाउनुहोस् तपाईको राशिफल

4KNationalDaily
२०८० माघ २०, शनिबार ०९:१६ बजे

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

सोखले खर्च बढाए पनि भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। लगनशीलताले नयाँ काम गर्ने अवसर दिलाउनेछ। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। गुरुजन र सन्तानको सहयोग लाभदायी बन्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

व्यावसायिक काममा चुनौती देखिए पनि घरमा लक्ष्मी अर्थात् द्रव्य भित्र्याउने समय छ। आजको कामले दिगो फाइदा हुनेछ। मित्रजन सहयोगीका रूपमा देखा पर्नेछन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। अरूको सुझावमा भर नपर्नुहोला। आफन्त र परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अनावश्यक हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखापर्नेछन्। शत्रुभाव राख्नेहरूबाट सजग रहनुपर्ला। बुद्धिको उपयोगले अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ। प्रयत्न गर्दा दिगो काम प्रारम्भ गर्न सकिनेछ। नयाँ कार्यशैलीले लोकप्रियता पनि दिलाउनेछ। प्रतिस्पर्धी समेत सहयोगीका रूपमा उपस्थित हुनेछन्।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा त्यति समय दिन नसकिएला। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। आर्थिक पक्षमा ठूलो उपलब्धि नभए पनि ज्ञानलाई निखार्ने अवसर भने प्राप्त हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तारिफयोग्य कामले प्रशंसकहरू बढ्नेछन्। आकर्षक उपहारले उत्साह जगाउनेछ। भैपरी आउने समस्या समाधान हुनेछन्। बिछोडिएका आफन्तजन भेटिनेछन्। सुन्दर पहिरनले व्यक्तित्व निखार्ने समय छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। असावधानीले गोपनीयता बाहिरिन सक्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ। लेनदेनतर्फ अपेक्षित लाभांश हातलागी नहुन सक्छ। आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नयाँ कुरा पाउन केही वस्तु त्याग्नुपर्नेछ। पछिका लागि लगानी गर्ने अवसर भने प्राप्त हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

मनग्य धन आर्जन हुनेछ र विभिन्न स्रोत–साधन जुट्नेछन्। आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल प्राप्त हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सट्टापट्टा, लेनदेन आदिमा फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् र अड्किएको रकम उठ्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। साइनो गाँस्नेहरूबाट जोगिएर काम गर्नुहोला। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। कीर्तिमानी काम गर्ने समय छ। सानो प्रयत्नले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। चिताएको काम छिटै सम्पादन हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापार–व्यवसाय विस्तार गर्ने समय छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्य र अर्थका हिसाबले पनि दिन कमजोर रहनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। अवसरका लागि दौडधुप गर्नुपर्ला। मिहिनेतको प्रतिफल भने प्राप्त हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily