+
Search

ताजा अपडेट +

पपुलर +

वडाध्यक्ष पाँच लाख घुससहित रंगेहात अख्तियारको फन्दामा

4KNationalDaily
२०८० माघ २४, बुधबार २०:४८ बजे

काठमाडौं– पाँच लाख घुस लिइसकेको अवस्थामा बाराको जितपुरसिमरा उपमहानगरपालिकाका एक वडाध्यक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन् ।

उपमहानगरपालिका वडा नम्बर तीनका वडाध्यक्ष ताराबहादुर कार्कीले घरबाटो सिफारिस गरि भन्दै सेवाग्राहीसँग घुस लिएको सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, हेटौंडाबाट खटिएको टोलीले सेवाग्राहीबाट पाँच लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

अनुसन्धानको सिलसिलामा वडाध्यक्ष कार्कीले घरबाटो सिफारिस गर्ने भन्दै सेवाग्राहीसँग घुस माग गरी लिएको पुष्टी भएपछि पाँच लाख रुपैयाँ विगो कायम गर्दै आयोगले बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हाे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily