+
Search

ताजा अपडेट +

पपुलर +

चेपाङ महिलाको आयआर्जनका लागि बाख्रा वितरण

4KNationalDaily
२०८० माघ २८, आईतवार १६:३९ बजे

गोरखा– गण्डकी गाउँपालिकामा रहेका चेपाङ समुदायका विपन्न नागरिकलाई जीविकोपार्जन सहयोगको लागि उन्नत जातका बाख्रा तथा बोका वितरण गरिएको छ ।

चेपाङ समुदायको आर्थिक अवस्था सुधारका लागि गाउँपालिकाको वडा नं ७ मा बाख्रा पालन गर्ने किसान छनौट गरी बाख्रा पालन तथा गोठ व्यवस्थापन तालीम प्रदान गरी ५८ जनालाई बाख्रा तथा ४ जनालाई ब्याडको बोका वितरण गरिएको हाे ।

तारा नमस्ते फाउन्डेसनले गोठ सुधारका लागि जस्तापाता र जाली दिएपछि बाख्राको लागि खोर सुधार गरेको स्थानीय सितामाया चेपाङले बताइन् । उनले भनिन् ‘पहिले आफूसँग ४ वटा थिए संस्थाले एउटा बाख्रा दियो अब व्यवसायी रूपमा बाख्रा पाल्ने निधो गरेको छु ।’

अहिले बाख्रा पाउने ५८ जना मूल समूहका हुन् अर्को वर्ष उपहार समूहका सदस्य ५८ जनालाई उनीहरूले पाठी उपहार दिनेछन् ।

बाख्रामा नस्ल सुधारका लागि ४ टोलमा ४ वटा बोयर जातको बोका समेत वितरण गरेको तारा नमस्ते फाउन्डेसनका कार्यक्रम व्यवस्थापक राजन पुडासैनीले बताए । सबै कार्यक्रम स्थानीय सरकारसँगको समन्वयमा गरिएको छ ।

चेपाङ समुदायका १४ परिवार कुखुरा पालन समूहमा आबद्ध छन् उनीहरूलाई खोर व्यवस्थापन तथा चल्ला र दाना समेत वितरणको तयारी भइरहेको पुडासैनीले बताए ।

गाउँपालिका–६ को लामिडाँडा, सल्लेरी, भक्केडाडा, खरेटार, बदला, क्षेत्रीखोला, ७ को कौदी खोलामा पोषणयुक्त घाँस रोपण, बाख्रा तथा स्थानीय नागरिकको स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने पुडासैनीले जानकारी दिए ।

प्रजा ज्योति आधारभूत विद्यालयमा भएको बाख्रा वितरण कार्यक्रममा बोयर जातको उपतन बोका पाएपछि खुसी लागेको स्थानीय गुमानसिंह चेपाङले बताए ।

गाउँमा अधिकांशले गाई, भैँसी तथा अन्य पशुपालन गरेका छैनन् बाख्राका लागि घाँसको समस्या नहुने हुनाले धेरैले बाख्रा पाल्ने योजना बनाएको स्थानीय कौशिला चेपाङले बताइन् ।

स्थानीयको माग अनुरूप चेपाङ बस्तीका विपन्न महिलाहरूको आयआर्जनका लागि बाख्रा वितरण कार्यक्रम भएको र कुखुरा वितरणको कार्यक्रम पनि छिटै गरिने तारा नेपाल फाउन्डेसनका अध्यक्ष ईश्वर श्रेष्ठले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily