+
Search

ताजा अपडेट +

पपुलर +

अर्थमन्त्रीले संसदमा प्रस्तुत गरे नयाँ बजेटका सिद्धान्त र प्राथमिकता

4KNationalDaily
२०८० फाल्गुन १४, सोमबार १३:३६ बजे

काठमाडौँ– अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटको सिद्धान्त र प्राथमिकता संसदमा पेस गरेका छन्।

प्रत्येक वर्ष बजेट जेठ १५ गते संयुक्त सदनमा पेस गरिने संवैधानिक व्यवस्था छ।

बजेट पेस गर्नु १५ दिनअघि बजेटको सिद्धान्त र प्राथमिकता संसद्मा पेस गर्नुपर्ने व्यवस्था थियो। तर, अहिले ऐन संशोधन गरेर बजेट सार्वजनिक गर्नुभन्दा ३ महिनाअघि नै संसद्मा पेस गरिएको हो।

अर्थमन्त्री प्रकाशशरण महतले यथेष्ट छलफल गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घोषणा गरे अनुसार नै सिद्धान्त र प्राथमिकता पेस गरिएको जानकारी गराए।

‘नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमको प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्रीले बजेट तथा कार्यक्रमको बारेमा छलफल गर्न यथेष्ट समय उपलब्ध गराउने बताउनुभएको थियो,’ उनले भने।

प्रधानमन्त्रीको नै आग्रहमा यस वर्षको बजेट निर्माणका लागि क्यालेन्डर केही परिवर्तन गर्ने नीति सरकारले लिएको थियो।

यसैका लागि भनेर सरकारले अध्यादेशमार्फत आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गरेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily