+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकीमा सत्ताको रस्सकस्सीबीच ३ दिन चलेर अन्त्य भयो हिउँदे अधिवेशन

4KNationalDaily
२०८० फाल्गुन २४, बिहीबार १८:५६ बजे

पोखरा– तीन दिन चलेर गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ ।

गण्डकी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हिउँदे अधिवेशनको अन्त्य गरेका हुन् ।

फागुन १६ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनको बैठक २० र २१ गते बसेको थियो ।

हिउँदे अधिवेशनमा प्रदेश सभाबाट आमसञ्चार विधेयक र बिउविजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित भएका छन् ।

उता नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँग सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

सत्ताको रस्सकस्सीबीच अधिवेशन अन्त्य गरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

माओवादी सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी बुधबार प्रदेश सभा सचिवालयमा गराएका थिए ।

प्रदेश मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मंगलबार माओवादीबाट मन्त्री बनेको दुई जनालाई बर्खास्त गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily