डडेल्धुरा– परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कार्यपालिका बैठकमै सांघातिक आक्रमण भएको छ ।
कुटपिटबाट प्रमुख प्रशासकीय अधिकृत जोशीको टाउकोमा गम्भीर चोट लागेको छ ।
उनको जोगबुढा अस्पतालमा उपचाररत भइरहेकाे छ । उनकाे टाउकोमा तीनवटा टाँका लगाइएको छ ।
बजेट संशोधन गर्नेसहित १३ एजेन्डामाथि छलफल गर्न बोलाइएको बैठकमा जोशीमाथि सांघातिक आक्रमण भएको हाे।
आक्रोशित भएका सदस्यहरूले हलमा भएका कुर्सी तोडफोड गर्दै अधिकृतमाथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक कुमार कार्कीले जानकारी दिए ।
उनी यसअघि सोही नगरपालिकाको योजना अधिकृत थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया