+
Search

ताजा अपडेट +

पपुलर +

मेलम्ची नगरपालिकाका प्रशासकीय अधिकृत पक्राउ

4KNationalDaily
२०८० चैत्र ३, शनिबार १०:०२ बजे

काठमाडौं- मेलम्ची नगरपालिकाका प्रशासकीय अधिकृत झपेन्द्रराज खरेल पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालय, काभ्रेपलान्चोकमा कार्यरत रहँदा झुटा विवरणको आधारमा बेल्जियन नागरिक दावा छिरिङलाई नेपाली नागरिकता दिएको र अन्य पनि दोहोरो नागरिकता दिएको पाइएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

हाल उनी मेलम्ची नगरपालिकाको प्रशासकीय अधिकृतका रुपमा कार्यरत थिए।

नगरपालिकाबाट भने उनी उपचारका लागि भन्दै भारत जान बिदा लिएका थिए। तर उनलाई काभ्रेबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

उनले ०७४ सालमा वेल्जियन नागरिक छिरिङलाई निमा तामाङ नामको नेपाली नागरिकता दिएको आरोप छ। यस्तै राजु गुरुङ र कुलानन्द भण्डारीलाई झुटा विवरणको आधारमा दोहोरो नागरिकता दिएको पाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily