+
Search

ताजा अपडेट +

पपुलर +

रेमिट्यान्स २१ प्रतिशतले बढ्यो, ८ महिनामा ९ खर्ब ६१ अर्ब भित्रियो

4KNationalDaily
२०८० चैत्र २३, शुक्रबार १०:५४ बजे

काठमाडौं– चालु आर्थिक वर्षको ८ महिनामा साढे ९ खर्ब रेमिट्यान्स भित्रिएको छ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को ८ महिना (साउनदेखि फागुनसम्म) को आर्थिक वित्तिय स्थितिअनुसार ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

गत वर्षको यही अवधिमा सात खर्ब ९४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। जसअनुसार रेमिट्यान्स भित्रने दरमा २१ प्रतिशतले वृद्धि भएको हो।

यो आठ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा १५ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको ८ महिनामा ४ लाख ७१ हजारले यस्तो स्वीकृति लिएका छन्।

गत वर्षको सोहि अवधिमा नयाँ र पुन श्रम स्वीकृति लिनेको संख्या ५ लाख ४४ हजार रहेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily