+
Search

ताजा अपडेट +

पपुलर +

किन श्रीलंका उडे विनोद चौधरी ?

4KNationalDaily
२०८० चैत्र ८, बिहीबार २०:२० बजे

काठमाडौं– नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरी श्रीलंका प्रस्थान गरेका छन्।

बाँसबारी जग्गा प्रकरणमा बिहीबार बिहान सरकारी वकील कार्यालयमा बयान दिएपछि चौधरी श्रीलंका उडेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार चौधरी बिहीबार दिउँसो १ः५७ को श्रीलंकन एयरलाइन्सको विमानमार्फत श्रीलंका गएका हुन् ।

उनी नियमित कामको शिलशिलमा विदेश गएको बताइएको छ।

चौधरीसँग सरकारी वकील कार्यालय काठमाडौंमा बिहीबार बिहान ८ बजेदेखि बयान लिइएको थियो । सरकारी वकील र सीआईबीका अधिकारीहरूको रोहबरमा चौधरीको बयान भएको थियो ।

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी समूहले आफ्नो बनाएको आरोप लागेपछि उनीमाथि अनुसन्धान अघि बढाइएको छ । चौधरीले भने इन्कारी बयान दिएका छन् । उनले कानुन बमोजिम नै जग्गा खरिद गरिएको दाबी गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily