+
Search

ताजा अपडेट +

पपुलर +

रेशम चौधरी भन्छन्- हल्लाको पछाडी नलागौं, पार्टी कसैको पेवा होइन

4KNationalDaily
२०८० चैत्र १९, सोमबार १७:४३ बजे

फाइल तस्बिर

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले पार्टी कसैको पेवा नभएको टिप्पणी गरेका छन् ।

सोमबार पार्टीको बैठकमा कुटाकुट भएको विषय सार्वजनिक भएपछि टिप्पणी गर्दै चौधरीले अनावश्यक हल्लाको पछाडि नलाग्न आग्रह गर्छौ चैत्र २३ र २४ गते हुने केन्द्रीय समितिको बैठकले जे निर्णय गर्छ त्यसलाई स्विकार्ने बताए ।

उनले भनेका छन्- ‘पार्टीको बैठकमा कसले कसलाई हातपात गर्‍यो ? ज्यान मार्ने धम्की कसले दियो ? सुन्ने हेर्ने साथीहरू साक्षी छन् । जसरी पनि मलाई जेल हालेर सत्ताको हालीमुहाली गर्ने स्वार्थीहरूको पछाडि हामी लाग्दैनौँ । अनावश्यक हो- हल्लाको पछि नलागौँ । चैत २३ र २४ हुने केन्द्रीय समितिको बैठकले जे निर्णय गर्छ त्यही स्विकार्ने हो । पार्टी कसैको पेवा होइन पहिचान बादीहरूको साझा आवाज हो ।’

उन्मुक्ति पार्टीको आज अनामनगरस्थित पार्टी कार्यालयमा चौधरी समर्थक केन्द्रीय सदस्यले अध्यक्ष रन्जिता श्रेष्ठसमर्थक केन्द्रीय सदस्यलाई कुटपिट गरेको र ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ ।

याे पनि,

नागरिक उन्मुक्तिको बैठकमै कुटाकुट, टीकापुरका मेयर भन्छन् : हत्या गर्ने धम्की दिनुभयाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily