+
Search

ताजा अपडेट +

पपुलर +

सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको १ लाख ३३ हजार

4KNationalDaily
२०८० चैत्र २१, बुधबार ११:०४ बजे

काठमाडौं– सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। सुन बुधबार १ लाख ३३ हजारमा कारोबार भएको छ। यो मूल्य अहिलेसम्मकै उच्च हो।

मंगलबार सामान्य घटेको सुनको मूल्यले बुधबार नयाँ उचाइ कायम गरेको हो।

नेपाली बजारमा मंगलबार सुन प्रतितोला १ लाख ३१ हजार २ सयमा कारोबार भएको थियो। आजको मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ८ सय रुपैयाँ बढी हो।

यसअघि आइतबार सुनको मूल्यले १ लाख ३० हजारको उच्चतम रेकर्ड बनाएको थियो भने सोमबार फेरि १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेको थियो।

मंगलबार ४ सयले घटेर १ लाख ३१ हजार २ सयमा झरे पनि बुधबार फेरि १८ सयले बढेर नयाँ रेकर्ड बनाएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily