+
Search

ताजा अपडेट +

पपुलर +

सिटिजन्स बैंकको १७औं वार्षिकोत्सवको अवसरमा बाल विकास समाजलाई आर्थिक सहयोग

4KNationalDaily
२०८० चैत्र २३, शुक्रबार १३:५७ बजे

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बालविकास समाजलाई १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

स्थापनाको १७ वर्ष पूरा गरेको अवसरमा बैंकले करिब एक दशकदेखि अनाथ बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्‍जन प्रदान गर्दै आएको उक्त संस्थालाई आर्थिक सहयोग गरेको हो।

बैंकले आफ्नो १७औं वार्षिकोत्सव यहि वैशाख ७ गते मनाउँदै छ।

एक समारोहका बीच बैंकले संस्थाका कार्यक्रम अध्यक्ष सुवास गौतमलाई चेक हस्तान्तरण गरेको छ। बालविकास समाजमा रहेका ८० जना बालबालिकामध्ये १५ जना बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने गौतमले जानकारी दिए।

हरेक वर्ष आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको बैंकले बताएको छ।

बैंकका अनुसार यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो वार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो।

आगामी दिनमा पनि संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक लगायत क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्‍न कार्यक्रम सञ्‍चालन गर्ने योजना रहेको बैंकले जानकारी गराएको छ।

बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाइहरूबाट सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily