+
Search

ताजा अपडेट +

पपुलर +

कुमारी बैंकको वार्षिकोत्सवमा १५४ जनाले गरे रक्तदान

4KNationalDaily
२०८० चैत्र २३, शुक्रबार १६:२१ बजे

काठमाडौं– कुमारी बैंक लिमिटेडले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

२३ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १४५ जनाले रक्तदान गरेको बैंकले जनाएको छ ।

रक्तदान कार्यक्रमले स्थानीय स्तरमा ब्लड बैंक आवश्यकता तथा जीवन बचाउने अभियानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास बैंकले गरेको छ ।

यसका साथै परम्परा र सांस्कृतिक सम्पदा महत्वलाई उजागर गर्न ‘परम्परागत भेषभूषा’ प्रदर्शनी गरिएको बैंकले जनाएको छ । यस कार्यक्रमले जातीय पृष्ठभूमि प्रतिनिधित्व गर्ने पोशाक मार्फत सांस्कृतिक पहिचान गर्न मद्दत पुग्ने विश्वास बैंकको छ ।

देशभर ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ६६ शाखारहित बैंकिङ सुविधा तथा ५० एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily