+
Search

ताजा अपडेट +

पपुलर +

गृहमन्त्रीमाथि छानबिन गर्नुपर्ने कांग्रेसको माग सत्तापक्षबाट अस्वीकार, बैठक निष्कर्षविहीन

4KNationalDaily
२०८० चैत्र २६, सोमबार १५:३९ बजे

काठमाडौं- सभामुख देवराज घिमिरेले बोलाएको प्रधानमन्त्रीसहितको शिर्ष चार दलको बैठक सकिएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा नेपाली कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्ने आफ्नो अडान कायम राख्दै संसद अवरोध गर्ने बताएपछि बैठक बिना निष्कर्ष टुंगिएको छ ।

बैठकमा सत्तारुढ दल माओवादी केन्द्र, एमाले र रास्वपाले भने संसदीय समिति गठन गर्न नसकिने अडान लिएका थिए ।

बैठकपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भावनामा जोडेर कसैलाई बलिको बोका बनाउन नपाइने भन्दै कांग्रेसले माग गरे अनुसारको संसदीय दलको गठनको माग आफुहरुले अस्वीकार गरेको बताए ।

परियारले भोलिको बैठकमा गृहमन्त्री लामिछानेले राजनीतिक दलसम्बन्धि विधेयक पेश गर्ने दाबि गरे ।

छलफलमा सभामुखसहित प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमालेका उपाध्यक्ष विष्णु पौडेल, गृहमन्त्री  लामिछानेलगायत सहभागी थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily