+
Search

ताजा अपडेट +

पपुलर +

अमेरिकी डलरको भाउ बढ्दा युरो र पाउण्ड घट्यो, यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

4KNationalDaily
२०८० चैत्र २७, मंगलवार ०९:३६ बजे

काठमाडाैं- नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलरको मूल्य बढ्दा युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।

आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६१ पैसा निर्धारण भएको छ। विगत तीन दिनदेखि स्थिर रहेको अमेरिकी डलरको मूल्य आज वृद्धि भएको हो।

शनिबार, आइतबार र सोमबार अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५८ पैसा थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ १ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६६ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ११ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७६ पैसा थियो।

आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ०६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ८२ पैसा थियो।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८८ रुपैयाँ २ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८८ पैसा थियो।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ४२पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ४१ पैसा थियो।

आजको लागि बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ८० पैसा र बिक्रीदर ३५४ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ३२ पैसा थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily