+
Search

ताजा अपडेट +

पपुलर +

मर्स्याङदी नदीकाे ‘ड्यामसाइड’मा बैशाखदेखि मोटरबोट, २५० देखि १ हजारसम्म शुल्क

4KNationalDaily
२०८० चैत्र २८, बुधबार १०:५४ बजे

फाइल तस्बिर

तनहुँ– नयाँ वर्षदेखि मर्स्याङदी नदी (ड्यामसाइड)मा मोटरबोट सञ्चालनमा आउने भएको छ ।

आँबुखैरेनी गाउँपालिकाको आयोजनामा २ बैशाखमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले उक्त मोटरबोटको उद्घाटन गर्नेछन् ।

गाउँपालिकाले मर्स्याङदी नदीमा मोटरबोट सञ्चालनको जिम्मा बोटेवोरा काठमाडौंलाई दिएको छ । पालिकाले मोटरबोट सञ्चालनका लागि सार्वजनिक सूचना जारी गरेको थियो ।

सूचना अनुसार पालिकाले कम्पनीलाई मोटरबोट सञ्चालनको जिम्मा दिएको थियो । सुरुवाती चरणमा २ वटा मोटरबोटबाट सेवा सञ्चालनको तयारी भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार १० सिट र २० सिट क्षमताको मोटरबोटले बैशाख २ गतेदेखि आगामी जेठ मसान्तसम्म सेवा दिनेछ ।

उनका अनुसार पालिकाले २५० रुपैयाँदेखि १ हजार रुपैयाँसम्म शुल्क तोकेको छ । १ हजार शुल्क भने लग्जरीएस् मोटरबोटका लागि हो । मोटरबोट सञ्चालन भएपछि प्रति टिकटको ११ प्रतिशत रकम पालिकाले लिनेछ ।

वातावरणीय मूल्यांकन र अनुमतिका लागि ५/५ प्रतिशत र १ प्रतिशत अन्य सेवा गरी एउटा टिकट बराबर ११ प्रतिशत रकम पालिकालाई आउँनेछ। तत्कालका लागि भने २५० रुपैयाँ शुल्क निर्धारण भएको उनको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily