+
Search

ताजा अपडेट +

पपुलर +

कतारलाई २११ रनको लक्ष्य, दीपेन्द्रले प्रहार गरे एक ओभरमा ६ छक्का

4KNationalDaily
२०८१ बैशाख १, शनिबार १९:०० बजे

काठमाडौं– एसीसी प्रिमियर कपमा नेपालले कतारलाई २११ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ओमनमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको हो ।

नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६४ रन जोडे । उनले अन्तिम ओभरमा ६ छक्का प्रहार गरे । दीपेन्द्र २१ बलमा ६४ रनमा अविजित रहे । उनले ७ छक्का र ३ चौका प्रहार गरे ।

ओपनर आसिफ शेखले अर्धसतक प्रहार गरे । उनले ४१ बलमा ५२ रन जोडेर आउट भए । कुशल मल्लले ३५, कप्तान रोहित पौडेलले १८, सन्दीप जोराले ७, कुशल भुर्तेलले १२, गुल्सन झाले ५ र विवेक यादवले ५ रनको योगदान दिए ।

बलिङमा कतारका हिमान्शु राथोडले ३, मुशावर शाहले ३ र अमिर फारुकले एक विकेट लिए । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily