+
Search

ताजा अपडेट +

पपुलर +

एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित, कतार ३२ रनले पराजित

4KNationalDaily
२०८१ बैशाख १, शनिबार १९:४२ बजे

काठमाडौं– नेपालले कतारलाई ३२ रनले पराजित गरेको छ। नेपालले दिएको २११ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित ओभरको खेलमा ९ विकेट गुमाएर १७८ रनमात्र बनाउन सक्यो।

कतारका लागि कप्तान मोहम्मद तनवीरले सर्वाधिक ६३ रन बनाए। उनले ३३ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। त्यस्तै मोहम्मद अहनफले २३ रन, कमरान खानले १८ रन, अदनान मिर्जाले १९ रन बनाए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर २१० बनाएको थियो।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले विस्फोटक ब्याटिङ गरेका थिए। उनले अन्तिम ओभरमा लगातार ६ छक्का प्रहार गरेका थिए। १९ बलमा अर्धशतक प्रहार गरेका उनी २१ बलमा ३ चौका र ७ छक्कासहित अविजित ६४ रन बनाए।

त्यस्तै आशिफ शेखले अर्धशतक प्रहार गरे। ४१ बल खेलेका उनले ६ चौकासहित ५२ रन बनाए। त्यस्तै कुशल मल्लले ३५, रोहित पौडेलले १८, कुशल भुर्तेलले १२ रन बनाए। त्यस्तै सन्दीप जोराले ७, गुल्शन झाले ५ र विवेक यादवले ५ रन बनाएर पेभेलिय फर्किए।

यसअघि नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily