+
Search

ताजा अपडेट +

पपुलर +

साउदी अरेबियाले दियो नेपाललाई ७४ रनको लक्ष्य

4KNationalDaily
२०८१ बैशाख ५, बुधबार १५:०४ बजे

काठमाडौं– एसीसी प्रिमियर कपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाललाई साउदी अरेबियाले ७४ रनको लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको साउदीले निर्धारित ८ ओभरमा ७ विकेट गुमाउँदै रन ७३ बनायो। हिजो राति हावाहुरीसँगै पानी परेर पिज खराब भएपछि खेल नेपाली समयअनुसार ११ बजेर ४५ मिनेटमा हुने भनिए पनि सवा दुई बजेबाट मात्र सुरु भएको थियो।

सोही कारण पनि खेलमा दुवै टिमको १२/१२ ओभर घटाएर ८/८ ओभरमा झारिएको थियो। साउदी अरबका लागि सर्वाधिक १५ बलमा तीन चौका र तीन छक्काको सहयोगले अब्दुल वाहिदले ३७ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि करण केसी र अविनास बोहोराले दुई/दुई विकेट लिँदा ललितराज वंशी र प्रतिश जिसीले एक/एक विकेट लिए।

प्रतियोगितामा नेपालले एक खेलअगावै समूह विजेताका रुपमा सेमिफाइनलमा स्थान बनाइसकेको छ। प्रतियोगिताको पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रन तथा तेस्रो खेलमा हङकङलाई ८ विकेटले हराएको थियो ।

प्रतियोगिताको प्रवल दावेदार नेपालविरुद्ध साउदी अरबियाले पहिलो पटक टी-२० आई खेलेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily