+
Search

ताजा अपडेट +

पपुलर +

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य बढ्यो, अरु विदेशी मुद्राको के भयो?

4KNationalDaily
२०८१ बैशाख ७, शुक्रबार ०९:१८ बजे

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।

आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९७ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५७ पैसा थियो।

आज बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६७ रुपैयाँ १० पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ १४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८९ पैसा थियो।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८६ रुपैयाँ २८ निर्धारण भएको छ। हिजो स्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ७० पैसा र बिक्रीदर ८६ रुपैयाँ ०९ पैसा थियो।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ६० पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ६४ पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ। हिजो पनि बहराइन दिनार यही मूल्यमा कारोबार भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily