+
Search

ताजा अपडेट +

पपुलर +

युएईविरुद्ध नेपालको खराब शुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

4KNationalDaily
२०८१ बैशाख ७, शुक्रबार १२:०३ बजे

काठमाडौं– नेपालका ओपनर कुशल भुर्तेल एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा पहिलो बलमै आउट भएका छन् ।

तीव्र गतिका बलर जुनैद सिद्दिकको पहिलो बलमा कुशल भुर्तेल विकेटकिपर हैदरबाट क्याच हुँदै आउट भएका हुन् ।

अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १ ओभरमा २ रन बनाउँदै १ विकेट गुमाएको छ । नेपालका आसिफ शेख शून्य र रोहित पौडेल १ रनमा क्रिजमा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily