+
Search

ताजा अपडेट +

पपुलर +

परम्परागत इन्धनको प्रयोग नगर्ने सम्झौतामा जोडियो एनएमबी बैंक

4KNationalDaily
२०८१ बैशाख १२, बुधबार १६:२८ बजे

काठमाडौं– एनएमबी बैंक लिमिटेड परम्परागत इन्धनको प्रयोग नगर्ने सम्झौतामा जोडिएको छ।

बैंकले फोसिल फ्युल ननप्रलिफरेसन ट्रिटी इनिसिएटिभलाई आत्मसात् गरेको ग्लोबल अलायन्स फर ब्यान्किङ अन भ्यालुज (जीएबीभी)को १७ बैंकहरुको समूहसँग आबद्ध भएको हो।

यो इनिसिएटिभ अन्तर्राष्ट्रिय सहकार्यबाट सबैका लागि नवीकरणीय ऊर्जामा रूपान्तरणलाई जोड दिन जलवायुसम्बन्धी पेरिस सम्झौताले अघि सारेका लक्ष्य पूरा गर्न अघि सारिएको पहल हो।

यसले परम्परागत (जीवाश्म) इन्धन उत्पादन र प्रयोग अन्त्यलाई जोड दिन्छ। यसले पेट्रोलियम, कोइलाको उत्पादन नै जलवायु संकटको मूल कारण भएकाले त्यस विरुद्ध नवीकरणीय ऊर्जामा लाग्न प्रतिबद्धता जाहेर गर्छ।

एनएमबी बैंकका प्रमुख कार्यकारी सुनिल केसीले शून्य कार्बन उत्सर्जनमा सहयोग गर्ने भएकाले बैंकले पनि प्रतिबद्धता जाहेर गरेको बताए।

‘यस कदमले जलवायु कार्यलाई अगाडि बढाउने र पेरिस सम्झौताका लक्ष्यहरूसंग पङ्क्तिबद्ध गर्ने, कार्बन उत्सर्जन प्रकटीकरण र व्यवस्थापनमा प्रयासहरूलाई बढावा दिने हाम्रो प्रतिविद्धतालाई दर्साउँछ’, उनले भने ‘हामी सचेत छौँ कि जलवायु परिवर्तन हाम्रो समयको सबैभन्दा महत्त्वपूर्ण मुद्दाहरू मध्ये एक हो, र हामी समाधानको एक हिस्सा बन्न प्रतिबद्ध छौँ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily