+
Search

ताजा अपडेट +

पपुलर +

कमलसिंह ऐरीले लिए वेस्टइन्डिज ‘ए’को पहिलो विकेट

4KNationalDaily
२०८१ बैशाख १५, शनिबार १२:२९ बजे

काठमाडौं– आजदेखि सुरु भएको नेपाली राष्ट्रिय क्रिकेट टोली र वेस्ट इन्डिजको ‘ए’ बीचको पहिलो खेलमा नेपालका लागि कमलसिंह ऐरीले पहिलो विकेट लिएका छन्।

पहिलो ओभरको अन्तिम बलमा ऐरीले वेस्टइन्डिज ‘ए’ का ओपनर जोनशन चार्ल्सको विकेट लिएका हुन्। पहिलो बल नो बल र त्यसपछिका दुई वाडड फालेका ऐरीले अन्तिम बलमा जोनशनलाई बोल्ड आउट गरेका हुन्।

टियु अन्तर्राष्ट्रिय क्रिकेम मैदानमा नेपालले टस जित्दै वेस्टइन्डिजलाई ब्याटिङको निम्तो दिएको हो। विश्वकपको तयारीका लागि खेलिन लागिएको सिरिज पाँच खेलको हुनेछ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा नेपाल र वेष्ट इन्डिजको ‘ए’ टोलीबीच पाँच खेल सम्मेलित टी–२० शृङ्खला आजदेखि सुरु भएको हो। वेस्ट इन्डिजको टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily