+
Search

ताजा अपडेट +

पपुलर +

लक्ष्मीका स्वरूप मानिन्छन् यी राशिका युवती, आगमनसँगै हुन्छ घर स्वर्ग समान

4KNationalDaily
२०८१ बैशाख २२, शनिबार १४:०७ बजे

ज्योतिष शास्त्रमा हरेक व्यक्तिको भविष्य कस्तो रहने बारे अड्कल लगाउने गरिन्छ । फरक फरक राशिको आचरण, भाग्य र व्यवहार फरक हुने गर्छ । हुन त स्त्रीलाई लक्ष्मीको स्वरूप मानिन्छ । तर पनि केही राशि छन् ती राशिमाथि झन् बढी लक्ष्मी माताको कृपा रहने गर्छ । अझ भन्नु पर्दा ती राशिका व्यक्ति लक्ष्मीका अति प्रिय हुने गर्छन् ।

आउनुहोस् जानौँ कुन कुन हुन् ती राशि ?

वृष राशी :

वृष राशीको स्वामी शुक्र हो जसका कारण वृष राशिका मानिसहरू शुक्र ग्रह बाट प्रभावित हुन्छन् । शुक्र ग्रहलाई धन, मनोरञ्जन र विलासिताको कारकको रूपमा मानिन्छ । यसका कारण वृष राशीका मानिसहरू धनवान र खर्चालु स्वभावका हुन्छन् । यी राशिका प्राय मानिसहरूको भाग्यमा भरपुर मात्रामा अवसर मिलेको हुन्छ जसले गर्दा जीवन सुखमय बित्ने गर्छ । यी मानिसहरू कुनै पनि समयमा धनको कारणले कुनै समस्यामा पर्दैनन् ।

कर्कट राशी :

कर्कट राशिका मान्छेहरू लक्जरी वस्तुहरू प्राप्त गर्ने इच्छा गर्छन् । यी मानिसहरू पुरै जिन्दगी विलासितामा बिताउने शोक राख्छन् जुन उनीहरूको भाग्यमा लेखिएको हुन्छ र पुरा गर्न समेत सक्षम हुनेछन् । उनीहरू कडा परिश्रम गर्न समेत पछि पर्दैनन् त्यसैले उनीहरू प्रशस्त धन आर्जन गर्न सक्छन् । यस राशिका मान्छेहरूको भाग्य सधैँ उनीहरूसँग हुन्छ, जसको कारण उनीहरू धनी बन्न सक्छन् ।

सिंह राशी :

यस राशिका मान्छेहरू आफ्नो नेतृत्व विकासका सबन्धमा क्षमतवान हुन्छन् । यिनीहरूमा कुनै पनि संघ संगठन वा राजनीतिक दलको नेतृत्व गर्न सक्ने क्षमता रहेको हुन्छ । यी राशिका मानिसहरूमा अन्य १०० जनाले गर्ने कामको एक्लै सिद्ध गर्न सक्ने क्षमता रहेको हुन्छ । यिनीहरू कहिले पनि धनको पछाडि दौडँदैनन् तर उनीहरूको लक्जरी आवश्यकता पुरा गर्नका लागि मेहेनतका साथै कडा परिश्रम गर्ने गर्छन् ।

वृश्चिक राशी :

यो राशिका मानिसहरू धेरै विशेष हुने गर्दछन् । यिनीहरू भौतिक चिजका बढी सौखिन हुने गर्छन् । यदि प्रकृतिमा उनीहरूले मन पराएका कुनै चिज देखे भने त्यसको प्राप्तिको लागि कुनै कसर बाँकी राख्दैनन् । यसको लागि उनीहरू धेरै मेहनत गर्ने गर्छन् । धन आर्जनका लागि उनीहरू जस्तोसुकै काममा पसिना बगाई कडा परिश्रम गर्न तयार हुन्छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily