+
Search

ताजा अपडेट +

पपुलर +

आज सन्दीपको मुद्दा पेसीको पहिलो नम्बरमा, ‘फाइनल’ हुने सम्भावना

4KNationalDaily
२०८१ बैशाख २३, आईतवार ०९:३८ बजे

काठमाडौं– क्रिकेटर सन्दीप लमिछानेको मुद्दामा आज उच्च अदालतमा पेसी तोकिएको छ । यसअघि पटकपटक धकेलिएको सुनवाई आज सुरू हुने अपेक्षा सन्दीपले राखेका छन् ।

जिल्ला अदालतको फैसलाविरूद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । उच्चमा विभिन्न कारण देखाएर तीनपटक सुनवाई स्थगत भइसकेको छ । अघिल्लो पटक हेर्न नभ्याइनेमा परेको थियो ।

सन्दीपले टी २० विशश्वकपमा स्थान बनाउनका निम्ति आज सुनवाई हुनु निकै महत्वपूर्ण छ । यदि चाँडै फैसला आएर सन्दीपले सफाइ पाएमा उनी विश्वकप टीममा समेटिन सक्नेछन् । विश्वकप विश्वकप हेरफेर गर्ने डेडलाइन आउँदो मे २५ सम्म छ ।

बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष जेल सजायको फैसला गरेको छ। सोप्रति असहमति जनाउँदै सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन्।

त्यसो त उता पीडित पक्षका तर्फबाट पनि किशोरी नाबालिग नै रहेको जिकिर गर्दै अझै बढी सजाय हुनुपर्ने माग राखेर पुनरावेदन गरिएको छ।

उच्च अदालत पाटनले दुवै पक्षको पुनरावेदन सँगै राखेर एकसाथ सुनुवाइ गर्न लागेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily