काठमाडौं- नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।
राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९१ पैसा थियो।
गएको चार दिनदेखि स्थिर रहेको अमेरिकी डलरको मूल्य आज बढेको हो।
त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ। हिजो युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४४ रुपैयाँ २३ पैसा थियो।
आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ २३ र बिक्रीदर १६७ रुपैयाँ ९९ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ ९४ र बिक्रीदर १६७ रुपैयाँ ७० पैसा थियो।
त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ १९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५९ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ०१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४१ पैसा थियो।
आजको लागि कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ५९ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ६९ पैसा थियो।
त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ २७ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३१ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३५५ रुपैयाँ १६ पैसा थियो।
प्रतिक्रिया