+
Search

ताजा अपडेट +

पपुलर +

सरकारले संघीयता कार्यान्वयनका लागि कानून निर्माण गर्ने, प्रदेश र स्थानीय तहको क्षमता बढाउने

4KNationalDaily
२०८१ जेष्ठ १, मंगलवार १५:४१ बजे

काठमाडौं– सरकारले संघ, प्रदेश र स्थानीय तहका कानूनको ढाँचामा एकरूपता ल्याउने भएको छ।

सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले संघीयता कार्यान्वयन सम्बन्धी कानून शीघ्र निर्माण गरिने बताए।

उनले भने, ‘कानून तर्जुमा र कार्यान्वयनमा प्रदेश र स्थानीय तहको क्षमता बढाइनेछ। स्थानीय तहको न्यायिक निरूपणलाई सुदृढ गरिनेछ।’

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै जनतामा राज्यप्रति आशा र भरोसा बढाउने गरी सरकारले नीति तथा कार्यक्रम कार्यान्वयन गर्दै आइरहेको बताए।

उनले भने, ‘संघीयता कार्यान्वयन अर्थतन्त्रको सुधार, रोजगारी सिर्जना, सुशासन प्रवर्द्धन र सामाजिक सेवामा सुधार र सरलीकरण, नागरिक मैत्री सेवा प्रदान र भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता रहेका छन्।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily